महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा पारु - १६

बारम्बार सोधिने प्रश्नहरू

विद्यालय तहको शिक्षाका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री, डिजिटल पाठ्यासामग्रीहरुको विकास, अद्यावधिक, परिमार्जन गर्ने, विद्यार्थी मूल्याङ्कनसम्बन्धी गुणस्तर मापदण्ड निर्धारणसम्बन्धी कार्य । विद्यालय शिक्षाको योग्यता परीक्षण, मान्यता तथा समकक्षता र प्रमाणीकरणसम्बन्धी कार्य । विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी योजना तथा कार्यक्रम विकास, प्रबोधिकरण, परीक्षण, कार्यान्वयन र मूल्याङ्कनसम्बन्धी कार्य । बहु पाठ्यपु्स्तक तथा थप पाठ्यसामग्रीको मूल्याङ्कन, अनुमति/स्वीकृति तथा अनुगमनसम्बन्धी कार्य । पठ्यक्रम कार्यान्वयन, मूल्याङ्कन, नियमन, अध्ययन अनुसन्धान, पृष्ठपोषण सङ्कलन तथा अनुगमनसम्बन्धी कार्य । प्रदेश तथा स्थानीयतहसँग पाठ्यक्रम सम्बद्ब क्रियाकलापमा समन्वय, क्षमता विकास, प्राविधिक सहयोग र सहजीकरण ।

कक्षा १० र कक्षा १२ वा सोसरहका उपाधिका लागि https://loe.moecdc.gov.np मा click गरेर online form भर्नुहोस् र त्यहाँको प्रक्रिया अनुसार अगाडी बढ्नुहोस ।

१. विद्यालय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास, परिमार्जनसम्बन्धी नीति निर्माणमा सहयोग गर्ने कार्य २.पाठ्यक्रम तथा पाठ्यसामग्री विकास कार्यान्वयन र वितरणका लागि आवश्यक पर्ने प्रारुप, निर्देशिका, मार्गदर्शन आदि विकास गर्ने कार्य गर्ने ३. स्वीकृत नीति अनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास, परिमार्जन तथा अद्यावधिक गर्ने कार्य ४.विद्यालय शिक्षाको शैक्षिक गुणस्तर कायम गर्न पाठ्यक्रम तथा पाठ्यक्रमसम्बद्ब सामग्रीहरुको विकास तथा प्रबोधिकरण गर्ने कार्य ५. विद्यार्थी मूल्याङ्कनसम्बन्धी ढाँचा, स्वरुप तथा नमुना निर्धारण गरी कार्यान्वयनका लागि सहयोग गर्ने कार्य ६. विद्यालय शिक्षाका लागि स्थानीय ज्ञान, सिप तथा प्रविधिको समुचित उपयोग र प्रवर्द्बन गर्ने कार्य ७. विद्यालय शिक्षा, पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी अनुसान्धान गर्ने कार्य ।

पाठ्यक्रम विकास केन्द्र