सामाजिक अध्ययन तथा व्यावसायिक शिक्षा शाखाः
१) कक्षा १ देखि १२ सम्मका सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक एवम् सिर्जनात्मक कलासँग सम्बन्धीत विषयहरूको पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य;
२) प्रतिभा पहिचान, सहक्रियाकलाप तथा खेलकुद एवम् योग तथा योग शिक्षासम्बन्धी कार्य;
३) कक्षा ९ देखि १२ सम्मका निर्धारित प्राविधिक तथा व्यावसायिक विषयका पाठ्यक्रम, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य;
४) जीवनोपयोगी (Life Skills) तथा व्यवहारकुशल सिप (Soft Skills) सम्बन्धी कार्य;
५) लैङ्गिकता, अपाङ्गता, समावेशितालगायतका शाखासम्बद्ध अन्तरसम्बन्धीत विषक्षेत्रमा तोकिएका कार्य;
६) प्रचलित कानुन र केन्द्रद्वारा तोकिएका कार्य ।