प्रारम्भिक बालशिक्षा तथा वैकल्पिक शिक्षा शाखा:

१) प्रारम्भिक बालशिक्षाको पाठ्यक्रम, सिकाइ सामग्री तथा सन्दर्भ सामग्री विकाससम्बन्धी कार्य;

२) गुरुकुल, गोन्पा/विहार, मदरसा र किराँत मुन्धुम शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र शैक्षिक अनुसन्धानसम्बन्धी कार्य;

३) विद्यालय तहको अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, खुला तथा दूरशिक्षा र वैकल्पिक शिक्षाको स्वाध्ययन सामग्री, पाठ्यसामग्री, श्रव्यदृश्य सामग्रीसम्बन्धी कार्य;

४) लैङ्गिकता, अपाङ्गता, समावेशिता लगायतका शाखा सम्बद्व अन्तरसम्बन्धीत विषय क्षेत्रमा तोकिएका कार्य;

५) केन्द्रले तोकेका अन्य कार्य ।