शाखा

पाठ्यक्रम विकास केन्द्रका शाखाहरूमा रहने पदहरूको कार्य विवरण

योजना तथा कार्यक्रम शाखा

१. पाठ्यक्रम सम्बद्ध नीति, योजना तथा मापदण्डसम्बन्धी कार्य

२. केन्द्रको वार्षिक योजना तथा कार्यक्रम तयारीसम्बन्धी कार्य

३. केन्द्रको कार्यप्रणालीसम्बन्धी निर्देशिका, कार्यक्रम कार्यान्वयनमा समन्वयसम्बन्धी कार्य

४. केन्द्रको प्रगति प्रतिवेदन तयारी, सम्प्रेषण र अनुगमनसम्बन्धी कार्य

५. पाठ्यक्रम सम्बद्ध क्रियाकलापमा अन्य निकाय एवम् संघ संस्थासँग समन्वयसम्बन्धी कार्य

७. विद्यार्थी भर्ना मापदण्डसम्बन्धी कार्य

८. विद्यार्थी तथा पाठ्यक्रम मूल्याङ्कनसम्बन्धी कार्य

९. पाठ्यक्रम सम्बद्ध अध्ययन अनुसन्धानसम्बन्धी कार्य

१०. केन्द्रले तोकेका अन्य कार्य

भाषा शिक्षा शाखा

१. कक्षा १ देखि १२ सम्मका नेपाली, मातृभाषा, अङ्ग्रेजीलगायत पाठ्यक्रममा व्यवस्था भएका अन्तर्राष्ट्रिय भाषाविषयका पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य

२. कक्षा १ देखि १२ का संस्कृत शिक्षासम्बद्ध पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकाससम्बन्धी कार्य

३. सम्बन्धित विषयका पाठ्यक्रम, पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य

४. लैङ्गिकता, अपाङ्गता, समावेशितालगायतका शाखासम्बद्व अन्तरसम्बन्धित विषय क्षेत्रमा तोकिएका कार्य

५. केन्द्रले तोकेका अन्य कार्य

सामाजिक अध्ययन शाखा

१. कक्षा १ देखि १२ सम्मका सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक एवम् सिर्जनात्मक कलासँग सम्बन्धित विपषयहरूको पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य

२. कक्षा ९ देखि १२ सम्मका सामाजिक विज्ञान (इतिहास, भूगोल, राजनीति शास्त्र, अर्थशास्त्र, समाजशास्त्र) सँग सम्बन्धित विपषयहरूको पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य

३. सम्बन्धित विषयका पाठ्यक्रम, पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य

४. लैङ्गिकता, अपाङ्गता, समावेशिता लगायतका शाखासम्बद्व अन्तर सम्बन्धित विषयक्षेत्रमा तोकिएका कार्य

५. प्रतिभा पहिचान, सहकार्यकलाप तथा खेलकुद एवम् योग तथा योग शिक्षासम्बन्धी कार्य

६. केन्द्रले तोकेका अन्य कार्य

गणित तथा विज्ञान शाखा

१. कक्षा १ देखि १२ सम्मका गणित, विज्ञान र वातावरण विषयसँग सम्बन्धित पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य

२. कक्षा १ देखि १२ सम्मका कम्प्युटर, तथा सूचना र सञ्चार प्रविधि विषयसँग सम्बन्धित पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य

३. सम्बन्धित विषयका पाठ्यक्रम, पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य

४. लैङ्गिकता, अपाङ्गता, समावेशितालगायतका शाखासम्बद्व विषयक्षेत्रमा तोकिएका कार्य

५. केन्द्रले तोकेका अन्य कार्य

व्यावसायिक शिक्षा शाखा

१. कक्षा ९ देखि १२ सम्मका निर्धारित प्राविधिक तथा व्यावसायिक विषयका पाठ्यक्रम, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य

२. सम्बन्धित विषयका पाठ्यक्रम, पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य

३. लैङ्गिकता, अपाङ्गता, समावेशिता लगायतका शाखा सम्बद्व अन्तर सम्बन्धित विषयक्षेत्रमा तोकिएका कार्य

४. केन्द्रले तोकेका अन्य कार्य

च) प्रारम्भिक बालशिक्षा तथा परम्परागत शिक्षा शाखा

१. प्रारम्भिक बालशिक्षाको पाठ्यक्रम, सिकाइ सामग्री तथा सन्दर्भ सामग्री विकाससम्बन्धी कार्य,

२. गुरुकुल, गोन्पा÷विहार, मद्रसा र किराँत मुन्धुम शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्य सामग्री तथा सन्दर्भ विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र शैक्षिक अनुसन्धानसम्बन्धी कार्य

३. सम्बन्धित विषयका पाठ्यक्रम, पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी काय

४. अन्य शाखासँगको समन्वयमा विद्यालय तहको अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, खुला तथा दूरशिक्षा र वैकल्पिक शिक्षाको स्वाध्ययन सामग्री, पाठ्यसामग्री, श्रव्यदृश्य सामग्रीसम्बन्धी कार्य

५. लैङ्गिकता, अपाङ्गता, समावेशिता लगायतका शाखा सम्बद्व अन्तर सम्बन्धित विषय क्षेत्रमा तोकिएका कार्य

६. केन्द्रले तोकेका अन्य कार्यहरू गर्ने

शिक्षा, कला, कानुन तथा व्यवस्थापन शाखा

१. माध्यमिक तहको कानुन र व्यवस्थापनसम्बद्ध विषयका पाठ्यक्रम, पाठ्य सामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य

२. माध्यमिक तहको शिक्षा, मनोविज्ञान, पत्रकारिता र कला सम्बद्ध विषयका पाठ्यक्रम, पाठ्य सामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य

३. सम्बन्धित विषयका पाठ्यक्रम,पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य

४. लैङ्गिकता, अपाङ्गता, समावेशिता लगायतका शाखा सम्बद्व अन्तर सम्बन्धित विषयक्षेत्रमा तोकिएका कार्य

५. केन्द्रले तोकेका अन्य कार्य

सम्पादन तथा प्रकाशन शाखा

१. पाठ्यपुस्तक लेखन, समन्वय तथा सहजीकरणसम्बन्धी कार्य

२. पाठ्यक्रम तथा पाठ्यसामग्रीको सम्पादन, अनुवाद, डिजाइन, इलस्ट्रेसन तथा मुद्रणीय प्रति (PRC) तयारी सम्बन्धी कार्य

३.लेखक अभिमुखीकरण, समन्वय समिति तथा परिषद्सम्बन्धी कार्य

४. पाठ्यक्रम, पाठ्यसामग्रीसम्बद्व जर्नलन तथा बुलेटिन प्रकाशनसम्बन्धी कार्य

५. निजी प्रकाशक सूचीकरण तथा नवीकरणसम्बन्धी कार्य

६. पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरूको परीक्षण (Piloting), प्रबोधीकरण (Dissemination) र नियमन तथा अनुगमनसम्बन्धी कार्य

७. केन्द्रको पुस्तकालय व्यवस्थापन, सञ्चालनसम्बन्धी तथा सामग्री डिजिटाइजेसन सम्बन्धीकार्य

८. केन्द्रको वेबसाइट सञ्चालन, व्यवस्थापन र अद्यावधिकसम्बन्धी कार्य

९. केन्द्रले तोकेका अन्य कार्य

मान्यता, समकक्षता तथा पाठ्सामग्री मूल्याङ्कन शाखा

१. विद्यालय शिक्षाको मान्यता तथा समकक्षतासम्बन्धी कार्य

२. विद्यालय शिक्षाको मान्यता तथा समकक्षतासम्बन्धी अध्ययन, अनुसन्धान

३. विद्यालय शिक्षाको मान्यता तथा समकक्षता निर्धारण समितिको सचिवालयसम्बन्धी कार्य

४. थप पाठ्यसामग्रीको मूल्याङ्कन, नियमन तथा सूचीकरणसम्बन्धी कार्य

५. केन्द्रले तोकेका अन्य कार्य

आन्तरिक प्रशासन शाखा

१. केन्द्रको दैनिक प्रशासन सञ्चालनसम्बन्धी कार्य

२. केन्द्रमा आवश्यक पर्ने सामानहरूको खरिद तथा सम्पत्ति संरक्षणसम्बन्धी कार्य

३. जिन्सी तथा भण्डार व्यवस्थापनसम्बन्धी कार्य

४. कर्मचारी व्यवस्थापनसम्बन्धी कार्य

५. कार्यालय व्यवस्थापनसम्बन्धी कार्य

६. केन्द्रले तोकेका अन्य कार्य

आर्थिक प्रशासन शाखा

१. खर्चको हिसाब रितपूर्वक राख्ने तथा लेखापालनसम्बन्धी कार्य

२. खर्च भएअनुसार फाँटबारी तथा आर्थिक विवरण, वित्तीय प्रगति प्रतिवेदनसम्बन्धी कार्य

३. आन्तरिक र अन्तिम लेखापरीक्षणसम्बन्धी कार्य

४. केन्द्रको बेरुजु फछ्र्यौटसम्बन्धी कार्य

५. आर्थिक ऐन नियमले निर्दिष्ट गरेका आर्थिक प्रशासनसम्बन्धी कार्य

६. केन्द्र प्रमुखले तोकेका आर्थिक प्रशासनसम्बन्धी अन्य कार्य