समन्वय तथा प्रकाशन शाखाः

१) पाठ्यपुस्तक लेखनमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य;

२) पाठ्यक्रम तथा पाठ्यसामग्रीको सम्पादन, अनुवाद, डिजाइन, इलस्ट्रेसन, पाण्डुलिपि तथा मुद्रणीय प्रति (PRC) तयारी सम्बन्धी कार्य;

३) पाठ्यक्रम, पाठ्यसामग्रीसम्बद्ध जर्नल तथा बुलेटिन प्रकाशनसम्बन्धी कार्य;

४) निजी प्रकाशक सूचीकरण तथा नवीकरणसम्बन्धी कार्य;

५) पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरूको परीक्षण (Piloting), प्रबोधीकरण (Dissemination) र नियमन तथा अनुगमनसम्बन्धी कार्य;

६) विद्यार्थी तथा पाठ्यक्रम मूल्याङ्कनसम्बन्धी कार्य;

७) सामग्री विकासको लागि केन्द्रलाई आवश्यक पर्ने विषयगत विज्ञहरूको विवरण सङ्कलन, अद्यावधिक सूचीकरण तथा नवीकरणसम्बन्धी कार्य;

) प्रचलित कानुन र केन्द्रद्वारा तोकिएका कार्य ।