प्रशासन शाखा:

१) केन्द्रको दैनिक प्रशासन सञ्चालनसम्बन्धी कार्य;

२) केन्द्रमा आवश्यक पर्ने सामानहरूको खरिद तथा सम्पत्ति संरक्षणसम्बन्धी कार्य;

३) जिन्सी तथा भण्डार व्यवस्थापनसम्बन्धी कार्य;

४) कर्मचारी तथा कार्यालय व्यवस्थापनसम्बन्धी कार्य;

५) केन्द्रका अन्य शाखा तथा कर्मचारीबाट सम्पादन हुने गरी स्पष्ट नभएका कार्यसम्पादनमा समन्वय तथा व्यवस्थापनसम्बन्धी कार्य;

६) खर्चको हिसाब रीतपूर्वक राख्ने तथा लेखापालनसम्बन्धी कार्य;

७) खर्च भएअनुसार फाँटबारी तथा आर्थिक विवरण, वित्तीय प्रगति प्रतिवेदनसम्बन्धी कार्य;

८) आन्तरिक र अन्तिम लेखापरीक्षणसम्बन्धी कार्य;

९) केन्द्रको बेरुजु फछ्र्यौटसम्बन्धी कार्य;

१०) आर्थिक ऐन नियमले निर्दिष्ट गरेका आर्थिक प्रशासनसम्बन्धी कार्य;

११) प्रचलित कानुन र केन्द्रद्वारा तोकिएका कार्य ।