सन्देश
विद्यालय शिक्षा नेपाली नागरिकको मौलिक अधिकार हो । विद्यालय शिक्षाले राष्ट्रको मुख्य आवश्यकतालाई सम्बोधन गर्दछ । राष्ट्र, राष्ट्रियता, लोकतन्त्रप्रति प्रतिबद्ध, उत्पादनशील, सचेत, सुसंस्कृत, सुसूचित, उत्तरदायी नागरिक उत्पादनको प्रारम्भिक चरण नै विद्यालय शिक्षा हो । राष्ट्रको चाहना र आवश्यकता अनुसारको नागरिक उत्पादन गर्न विद्यालय शिक्षा पाठ्यक्रमले मुख्य र महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । सक्षम, सफल र उत्पादनशील भावी नागरिक उत्पादन र उच्च शिक्षाको तयारीका लागि विद्यालय स्तरीय शिक्षाका उद्देश्य हासिल गर्नु पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, बाल सन्दर्भ सामग्री, शैक्षिक सामग्री, सन्दर्भ सामग्री निर्माण र मूल्यांकन पद्धतिमा परिष्कृत, परिमार्जन गरी लक्षित उद्देश्य हासिल गर्न पाठ्यक्रम विकास केन्द्र प्रतिबद्ध छ । यस राष्ट्रिय कार्यमा सम्बद्ध सबैको सक्रिय सहभागिता, सहयोग पाउने अपेक्षा गर्दै सिर्जनात्मक एवं रचनात्मक सुझावका लागि पाठ्यक्रम विकास केन्द्र सदैव स्वागत गर्दछ ।