हाम्रो बारे

पाठ्यक्रम विकास केन्द्र (पा.वि.के.) शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको एक शैक्षिक केन्द्र, शिक्षाको राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न विद्यालय शिक्षाका लागि पाठ्यक्रम, पाठ्यपुस्तकहरू र अन्य निर्देशनात्मक सामग्रीहरू विकास गर्ने उद्देश्यले स्थापना गरिएको हो। यस केन्द्रले शैक्षिक सामग्रीको उपयोगिताबारे वार्षिक तथा आवधिक छलफल, अन्तरक्रिया, प्रचारप्रसारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसबाहेक, यसले विद्यालय शिक्षालाई सान्दर्भिक, व्यावहारिक र प्रतिस्पर्धात्मक बनाउन अनुसन्धानमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्छ। विद्यालय शिक्षालाई उत्तरदायी र सक्षम नागरिकको विकासको आधारशिला मानिन्छ । तसर्थ, प्रारम्भमा सन् १९७१ मा पाठ्यक्रम, पाठ्यपुस्तक र सुपरिवेक्षण केन्द्रको रूपमा स्थापना भएको र पछि सन् १९९७ मा पाठ्यक्रम विकास केन्द्र नामकरण गरिएको यो केन्द्रले स्थापनाकालदेखि नै विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रक्रियामार्फत विद्यालय शिक्षामा विद्यार्थीहरूको आवश्यकता र रुचिलाई एकीकृत गर्न कटिबद्ध छ। यस केन्द्रको महानिर्देशकको रूपमा राजपत्रांकित प्रथम श्रेणीका अधिकारी र प्राविधिक र प्रशासनिक दुवै क्षेत्रका ५५ कर्मचारीसहित केन्द्रको टोलीको नेतृत्व गर्दछ। यसको कार्यालय भक्तपुरको सानोठिमीमा रहेको छ ।

कार्यहरु

१) विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप विकास तथा पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री एवम्‌ विद्यार्थी मूल्याङ्कन सम्बन्धी गुणस्तर मापदण्ड निर्धारणसम्बन्धी कार्य;

२) विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी योजना तथा कार्यक्रम विकास, कार्यान्वयन, मूल्याङ्कन गर्ने कार्य;

३) पाठ्यक्रम पाठ्यपुस्तक तथा पाठ्यसामग्री (डिजिटल पाठ्यसामग्री समेत) विकास सम्बन्धी कार्य;

४) थप पाठ्यसामग्रीको अनुमति तथा स्वीकृति तथा अनुगमनसम्बन्धी कार्य;

५) पाठ्यक्रम कार्यान्वयनन, मूल्याङ्कन, नियमन, अध्ययन अनुसन्धान तथा अनुगमनसम्बन्धी कार्य;

६) विद्यालय शिक्षाको मान्यता तथा समकक्षता सम्बन्धी कार्य;

७) पाठ्यक्रम तथा पाठ्यसामग्री एवम्‌ विद्यार्थी मूल्याङ्कन सम्बन्धी गोष्ठी, सेमिनार तथा कार्यशाला सञ्चालन गर्ने गराउने कार्य;

८) प्रदेश तथा स्थानीय तहहरूसँग पाठ्यक्रम सम्बद्ध क्रियाकलापमा समन्वय, क्षमता विकास, प्राविधिक सहयोग र सहजीकरणसम्बन्धी कार्य;

९) शिक्षा तथा खेलकुद मन्त्रालयले तोके बमोजिमको अन्य कार्य ।

कार्यको प्रमुख दायरा

  1. विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप विकास तथा पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री एवम् विद्यार्थी मूल्याङ्कनसम्बन्धी गुणस्तर मापदण्ड निर्धारणसम्बन्धी कार्य
  2. विद्यालय शिक्षाको योग्यता परीक्षण, मान्यता तथा समकक्षता र प्रमाणीकरणसम्बन्धी कार्य
  3. विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी योजना तथा कार्यक्रमम विकास, प्रबोधिकरण, परीक्षण, कार्यान्वयन र मूल्याङ्कनसम्बन्धी कार्य
  4. पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री (डिजिटल पाठ्यसामग्री समेत) विकास, परिमार्जन, अद्यावधिक तथा वितरणसम्बन्धी कार्य
  5. बहु पाठ्यपुस्तक तथा थप पाठ्यसामग्रीको मूल्याङ्कन, अनुमति÷स्वीकृति तथा अनुगमनसम्बन्धी कार्य
  6. पाठ्यक्रम कार्यान्वयन, मूल्याङ्कन, नियमन, अध्ययन अनुसन्धान, पृष्ठपोषण सङ्कलन तथा अनुगमनसम्बन्धी कार्य
  7. पाठ्यक्रम तथा पाठ्यसामग्री एवम् विद्यार्थी मूल्याङ्कनसम्बन्धी गोष्ठि, सेमिनार, कार्यशाला सञ्चालन र संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी कार्य
  8. प्रदेश तथा स्थानीयतहसँग पाठ्यक्रम सम्बद्ध क्रियाकलापमा समन्वय, क्षमता विकास, प्राविधिक सहयोग र सहजीकरण

पाठ्यक्रम विकास केन्द्रको महानिर्देशकको काम, कर्तव्य र अधिकार

  1. पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदमा छलफल हुने विषयहरू तयार गर्न लगाई परिषद्को बैठकमा पेस गर्ने
  2. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने गराउने
  3. पाठ्यक्रम विकास केन्द्रबाट सम्पादन हुने कामको निरीक्षण, समन्वय, सहजीकरण, अनुगमन र मूल्याङ्कन गर्ने गराउने
  4. पाठ्यक्रम तथा पाठ्य सामग्री विकाससम्बन्धी शैक्षिक अनुसन्धान कार्य सञ्चालन गर्ने, गराउने
  5. पाठ्यक्रम तथा पाठ्य सामग्री कार्यान्वयन, अनुसन्धान तथा मूल्याङ्कनसम्बन्धी कार्य गर्न आवश्यकता अनुसार प्राविधिक समिति, उपसमिति वा कार्यटोली गठन गर्ने
  6. केन्द्रद्वारा विकास÷परिमार्जन÷सुधार भएका पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यक्रम सम्बद्ध सामग्रीको प्रतिलिपि अधिकार सुरक्षित गर्ने
  7. राष्ट्रिय आवश्यकता एवम् सम्बन्धित विषय क्षेत्रका तथ्य, तथ्याङ्क र सूचनामा भएको परिर्वतनको गाम्भीर्यताका आधारमा समसामयिक परिस्थितिअनुसार पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, शिक्षक स्रोत सामग्री वा अन्य पाठ्यसामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन गर्ने गराउने
  8. पाठ्यक्रम तथा पाठ्य सामग्री विकाससम्बन्धी आवश्यक कार्य गर्नका लागि आवश्यकताअनुसार कार्यदल, विषय समिति, समन्वय समिति र उपसमितिका पदाधिकारी छनोटसम्बन्धी कार्य गर्ने गराउने
  9. पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन हुने सामग्रीहरूको मुद्रणीय प्रति तयार गर्ने गराउने
  10. विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यसामग्रीसम्बन्धी योजना तथा कार्यक्रम विकास, कार्यान्वयन र मूल्याङ्कन गर्ने गराउने
  11. थप पाठ्य सामग्रीको मूल्याङ्कन गरी गराई सो को सूची तयार गर्ने गराउने
  12. आधारभूत तथा माध्यमिक शिक्षाको मान्यता तथा समकक्षतासम्बन्धी काम गर्ने गराउने
  13. विद्यालयस्तरको विद्यार्थी मूल्याङ्कन तथा विद्यार्थी भर्नासम्बन्धी आवश्यक मापदण्ड निर्धारण गर्ने
  14. विद्यालय शिक्षाको पाठ्यक्रममा आधारित मूल्याङ्कनका लागि मूल्याङ्कन ढाँचा, विशिष्टीकरण तालिका तथा नमुना प्रश्नपत्रको विकाससम्बन्धी काम गर्ने
  15. मन्त्रालय तथा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदबाट प्रत्यायोजित तथा निर्देशित कार्य गर्ने गराउने